१३ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

डिजिटल बीमा पहुँच विस्तारमा ट्रस्ट माइक्रो र सेल पेको सहकार्य

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र सेल पे प्रालिबीच ग्राहकहरुलाई डिजिटल प्रविधि मार्फत बीमा सेवा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका उप प्रमुख कार्यकारी अधिकृत विश्वोजन थापा श्रेष्ठ र सेल पे प्रालिका प्रमुख कार्यकारी अधिकृत निरज कुमार शुक्लाले हस्ताक्षर गरेका छन् ।