काठमाडौं । सानिमा माई हाइड्रोपावरको नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद २.०३ प्रतिशतले घटेर २७ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यस कम्पनीले ३१ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । आम्दानी घटेसँगै कम्पनीको नाफामा दबाब परेको हो ।