१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

वैकल्पिक ऊर्जामा बिचौलियाको रजगज

काठमाडौं। नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना गरिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा बिचौलियामार्फत कमिसनको चलखेल हुने गरेको आरोप लागेको छ। केन्द्रसँग सम्बन्धित विभिन्न सौर्य सिँचाइ तथा ऊर्जा कार्यक्रम सञ्चालनका क्रममा कर्मचारी, विभागीय प्रमुखदेखि उच्च तहसम्मको मिलेमतोमा अनियमितता भइरहेको गुनासो सेवाग्राही र व्यवसायीहरूले गरेका छन्। केन्द्रमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा