नेपालमा डिजिटल अर्थतन्त्र र एआईको प्रभावकारी प्रयोगमार्फत् विकास तथा सुशासन हासिल गर्न डिजिटल सार्वजनिक पूर्वाधार, सुरक्षित डेटा एक्सचेञ्ज र वित्तीय पहुँचलाई तत्काल प्राथमिकतामा राख्नुपर्छ। यसका लागि केही स्वायत्त संस्थागत संरचनाहरु बनाएर काम गर्न हतारो भइसकेको छ । एआईले विश्वब्यापी रुपमा ठूलो परिवर्तन ल्याइरहेको बखत नेपालमा प्रविधिको प्रयोग एक अवसर पनि