रिज लाइन इनर्जीले पायाे आईपीओ निष्कासनकाे अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनकाे अनुमति दिएकाे छ ।
बोर्डले साेमबार रिज लाइन इनर्जीलाई अंकित मूल्य १०० रुपैयाँ दरमा आईपीओ निष्कासन अनुमति प्रदान गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।













