काठमाडौँ । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिमा चर्को निर्वाचन भएको छ । बिहीबार भएको २८ औँ साधारण सभाले नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । सञ्चालक समितिमा प्रमोटर ग्रुपबाट राहुल थोकर लामा र मिजास भट्टचन निर्वाचित भएका छन् । कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचित गरेको छ ।