काठमाडौं । विद्युत महशुल बक्यौता नतिर्ने उद्योगको बिजुली पुनः काट्न सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले तीन ठुला उद्योगहरुको लाइन काटेको छ । मंगलबार रातिदेखि रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत् लाइन काटेको हो । डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर प्राधिकरणले ती उद्योगको लाइन काटेको हो