१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

९ महिनामा बीमा प्राधिकरणद्वारा १२० उजुरी दर्ता, न्यायमा कछुवा गति

काठमाडौं । नेपाल बीमा प्राधिकारणले हालै सार्वजनिक भएको नौ महिनाको प्रगति विवरण हेर्दा प्राधिकरणले ११८ वटा उजुरी फछ्र्यौट गरेको देखिन्छ । बाहिरबाट हेर्दा यो संख्या उत्साहजनक लाग्न सक्छ । १२० नयाँ उजुरी दर्ता हुँदा लगभग सोही संख्यामा किनारा लाग्नुले ’सक्रियता’ झल्काउँछ । तर, १० वर्षदेखि यो क्षेत्रलाई नजिकबाट नियाल्दा मलाई