काठमाडौं। विभिन्न पाँचबुँदे माग अघि सार्दै लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनशन आज दोस्रो दिन पनि जारी राखेका छन्। लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबारदेखि सुरु भएको अनशन बुधबार पनि निरन्तर चलिरहेको हो। आन्दोलनकारीहरूले वित्तीय शोषणको अन्त्य र सामाजिक न्याय सुनिश्चित गर्न सरकारसमक्ष आफ्ना