१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

४.७५ प्रतिशत ब्याजदरमै कृषि कर्जा: राष्ट्रिय वाणिज्य बैंकद्वारा ९ महिनामा साढे ३९ अर्ब रुपैयाँ लगानी

काठमाडाैं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ। विशेष गरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेको छ । बैंकको आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा