१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५७० पुग्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या मंसिर मसान्तमा ११ हजार ५७० रहेका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा २०८० असार मसान्तमा ११ हजार ५८९ रहेका थिए । बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या मंसिर मसान्तमा ११२ रहेको छ ।