काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रमा गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि प्रभावित समुदायलाई सहयोग गर्न हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सक्रिय रुपमा कार्य गरिरहेको छ । भूकम्पमा परि हाल सम्म १५३ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । साथै थुप्रै घर, विद्यालय र सार्वजनिक पूर्वाधारहरुमामा व्यापक क्षति पुगेको छ ।