काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले बढेको हो ।