२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

अब हाइड्रोपावरले ६५ प्रतिशत काम सकेपछि मात्रै आइपीओ जारी गर्न पाउने, ‘राइट सेयर’का लागि पनि शर्तैशर्त

काठमाडौँ । अब जलविद्युत कम्पनीहरूले भौतिक पूर्वाधारको ६५ प्रतिशत कार्य सकेपछि मात्र प्राथमिक सेयर (आइपिओ) जारी गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आइपिओ) निष्कासनमा थप कडाइ गर्न लागेको छ ।  सर्वसाधारणलाई सेयर जारी गर्दै पैसा उठाएका कम्पनीले परियोजना विकासमा बेवास्ता गरेको गुनासोपछि बोर्डले जलविद्युत कम्पनीका