काठमाडौं । नेपालको पूँजी बजारमा एक युगान्तकारी परिवर्तनको सुरुवात भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को ’धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा महत्वपूर्ण परिमार्जन गर्दै लगानीकर्तालाई चौबिसै घण्टा खरिद–बिक्री आदेश (अर्डर) दिन सक्ने व्यवस्था स्वीकृत गरेको छ । यसअघि लगानीकर्ताले निश्चित कारोबार समयमा मात्रै