काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष कम्पनीले ५५ करोड ३१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १.५२ प्रतिशतले बढी हो ।