काठमाडौं । मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित भएको छ। कर्मचारीहरूको प्रत्यक्ष प्रतिक्रियाका आधारमा प्रदान गरिने यो अन्तर्राष्ट्रिय मान्यताले मेटलाइफ नेपाललाई उत्कृष्ट कार्यस्थलका रूपमा पुनः स्थापित गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस वर्ष ९१ प्रतिशत कर्मचारीहरूले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थल भएको