काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालै जारी गरेको “विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३“ प्रति निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले गम्भीर असहमति जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले उक्त विधि अव्यावहारिक र प्राकृतिक स्रोतको अधिकत्तम उपयोग गर्ने सरकारी नीति विपरीत रहेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ