१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

सरकारले नेता-व्यापारी पक्राउ गर्न थालेपछि आत्तिए लगानीकर्ता, लगातार घट्याे सेयर बजार

काठमाडौं । नेपालको पुँजी बजार सधैँ नै राजनीतिक उतारचढावको ऐनाका रूपमा रहने गरेको छ । पछिल्लो समय मुलुकमा विकसित भएका राजनीतिक घटनाक्रम, सामाजिक आन्दोलन र सरकारको फेरबदलले सेयर बजारलाई निकै प्रभाव पारेको देखिन्छ । विशेषगरी भदौ २३ र २४ गते भएको ’जेनजी’ आन्दोलन नेपालको राजनीतिमा एउटा महत्वपूर्ण मोड थियो ।