काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात असार ३० गतेसम्म ११ लाख ८ हजार २३२ जना आवेदकले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका हुन्