काठमाडौं । पछिल्लाे समय बैंकहरूबाट लिएकाे कर्जा तिर्न नपर्ने भनि आन्दाेलनकाे नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा पसाईंको व्यक्तिगत सहयोगमा बनेको झापाको मोहनमाया माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । बिहीबार विद्यालय परिसरमा बिशेष समारोह गरेर भवनको उद्घाटन गरिएको हो । झापाकाे चारपानेमा निर्मित उक्त भवनको प्रसाईँलेनै उद्घाटन गरेका हुन् ।