काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । सो दलका नेता उपेन्द्र यादवको अध्यक्षतामा आज (बुधबार) बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।