काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का प्रतिनिधिहरुले सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको हो