१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

मुग्लिन-नागढुंगा सडक ३ दिन राति ६ घण्टा बन्द हुने

काठमाडौँ । मुग्लिन-नागढुंगा सडक खण्डको स्तरोन्नति कार्यका लागि आगामी चैत १७ गतेदेखि १९ गतेसम्म रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिर लगायतका जोखिमपूर्ण स्थानहरूमा सडक सुधारको काम गर्नुपर्ने भएकाले तीन दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको हो।