काठमाडौं । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । मंगलबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कायम रहेको छ । अघिल्लो दिन (सोमबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।