३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

तीन देशबाट आएको रेमिट्यान्स दावी गर्दा ५० रुपैयाँ बोनसमा निरन्तरता

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई प्रदान गर्दै आएको ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ। जुनसुकै ठाउँबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गर्दै आएको छ ।