१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

निर्माण व्यवसायी संघ बर्दियाको अध्यक्षमा गिरी, वरिष्ठ उपाध्यक्षमा केसी र महासचिवमा रेग्मी चयन

काठमाडौं । निर्माण व्यवसायी संघ बर्दियाको अध्यक्षमा हेमन्त प्रकाश गिरी सर्वसम्मत चयन भएका छन् । शनिवार र आइतबार बर्दियाको सदरमुकाम गुलरियामा सम्पन्न संघको नवौँ साधारण सभाले गिरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । गिरी निर्माण क्षेत्रमा परिचित व्यक्ती हुन् । अधिवेशनले संघको महासचिवमा सन्तोष रेग्मीलाई सर्वसम्मत चयन गरेको छ ।