१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

लगानीकर्ता महासंघ गठन गर्न समन्वय तथा वार्ता समिति गठन

काठमाडौं । लगानीकर्ता महासंघ गठन गर्न समन्वय तथा वार्ता समिति गठन भएको छ । लगानीकर्ताहरुको काठमाडौ कमल पोखरीमा भएको भेलाले लगानीकर्ता महासंघ निर्माण गर्न निर्णय गरेको हो । लगानीकर्ता महासंघ निर्माण गर्नका लागि हाल दर्ता रहे, नरहेका संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल र वार्ता गर्न समिति गठन गरेको छ ।