काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले शाखा कार्यालय खोल्दा डेढ करोड चुक्ता पुँजी कायम गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जारी गरेको धितोपत्र दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ ले यस्तो व्यवस्था गरेको हो । ब्रोकरहरुले अब छुट्टाछुट्टै स्थानमा पनि आफ्नो शाखा खोल्न पाउने छन् ।