काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ५ खर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको पुस मसान्तसम्ममा १८ वटा जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ४ खर्ब ९९ अर्ब ६० करोड ७८ लाख रुपैयाँ पुगेको छ ।