काठमाडौं । नेपाल राष्ट्र बैंकले कमजोर वित्तीय धरातल भएका र स्थायित्वमा खरो उत्रन नसकेका तीन बाणिज्य बैंकलाई मर्जरमा जान पुस मसान्तसम्मको ‘डेटलाइन’ दिएको छ । राष्ट्र बैंकले २६ साउनमा अरु केही बैंकका सञ्चालक र व्यवस्थापकहरुलाई बोलाएर यी तीन बैंक मर्जर वा एक्वीजिशनमार्फत् आफूमा समाहित गर्न आग्रह नै गरेको थियो ।