काठमाडौं । बेरोजगार युवायुवतीलाई धेरै तलब सहित युके पठाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–१५ का ३४ वर्षीय विजय गुरुङलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय टेकुले आज काठमाडौं–१४ बाट प्रकाउ गरेको हो । उनलाई प्रहरीले ५ लाख रुपैयाँ बिगो सहित वैदेशिक रोजगार विभाग ताहाचलमा थप अनुसन्धानका लागि पठाइएको