३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

युद्धविराम तोड्दै युएईमाथि इरानको भीषण आक्रमण: तेल डिपोमा आगलागी, देशभरका विद्यालय बन्द

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई) को पूर्वी भेगमा पर्ने फुजैराह इमिरेट स्थित ‘फुजैराह पेट्रोलियम इन्डस्ट्रिज जोन’ मा इरानी ड्रोनका कारण भीषण आगलागी भएको छ। उक्त आक्रमणमा परी तीन जना भारतीय नागरिक घाइते भएका छन्। गत अप्रिल ८ मा इरान र अमेरिकाबीच युद्धविराम भएपछि युएईमा भएको यो पहिलो आक्रमण हो।