काठमाडाैं। साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ९.६२ अंकले घटेर २६ सय ३ दशमलव ७१ बिन्दुमा रोकिएको छ। यसदिनको कारोबारमा निर्जिवन बीमा र अन्य बाहेक सबै समुहका उपसूचक राताम्य बनेका छन्। आज व्यापार समुहको उपसूचक सर्वाधिक १.८७ प्रतिशत घटेको