काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ। यसले त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत आपूर्ति ठप्प पारेको छ, फलस्वरुप ती प्रसारण लाइनमा अत्यधिक भार परेको छ। नेपाल विद्युत प्राधिकरणले चाँडपर्वको बेला लोडसेडिङ हुन