२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नेपाल टेलिकमको नाफा ४९ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानीसँगै अन्य सूचकमा पनि सुधार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४८.९० प्रतिशत बढेर २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन