काठमाडौं ।सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १३८ रुपैयाँ ७९ पैसा र अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छैन् ।