कठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ। निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सक्ने छन् ।