काठमाडौं । सीइडीबी होल्डिङ लिमिटेडको अध्यक्ष परिवर्तन भएको छ । कम्पनीका अध्यक्ष अनिल कमुार रुङग्टाले आफ्नो कार्य व्यस्तताका कारण पदबाट राजिनामा दिएका छन् । उनको राजिनमा मंसिर ५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । उनको ठाउँमा देवीमाया न्यौपानेलाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।