११ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

उद्योग सचिव र वाणिज्य तथा आपूर्ति सचिवसँग चेम्बर पदाधिकारीको भेटघाट तथा छलफल सम्पन्न

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हालै सरुवा भएर आउनुभएका सचिवहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ । बुधबार बिहान मन्त्रालयमा भएको छलफलमा चेम्बर प्रतिनिधिहरूले उद्योग तथा वाणिज्य क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुधार तथा सहजीकरण गर्न आग्रह गरेका छन ।