काठमाडौं । ज्योति विकास बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गरेको छ । बैठकले हाल कायम रहेको संस्थापक समूहको ५४.३५ प्रतिशत शेयर स्वामित्वबाट ३.३५ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय भएको हो । योसँगै बैंकको संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम रहेको