काठमाडौं । सार्वजनिक शान्ति भंग गरेको आरोपमा पक्राउ परेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । प्रसाईंलाई मध्यराति भक्तपुरस्थित घरबाट पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो । उनका छोराले बुबालाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए