काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयमा कार्यरत अधिकृतको बिहीबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । यसैसाताको सुरुमा मन्त्रालयका सबै कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । सरकारले सिंहदरबारभित्रका सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।