काठमाडौं । आइतबार नेपालमा थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।