३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

कोरोना महामारीबीच ५० हजार नेपाली स्वदेश फर्के

काठमाडौं। गत चैत ११ गते यता कोरोना महामारीका कारण विभिन्न देशमा अलपत्र परेका साढे ५० हजार भन्दा बढी नेपाली जहाज मार्फत स्वदेश आएका छन । २०७६ चैत ११ देखि २०७७ साउन ३२ गतेसम्म विभिन्न देशबाट ५० हजार ७२३ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका अध्यागमन विभागको तथ्याङ्कले देखाउछ ।