काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत अर्थतन्त्रमा देखिएका केहि समसामयिक विषयहरु सुधार गर्ने प्रयास गरेतापनि उद्योगीहरुले उठाउदै आएका विविध विषयहरुको सम्बोधन हुन भने सकेको छैन । यस समिक्षामा राष्ट्र बैंकले तरलता व्यवस्थापन, ऋण तथा कर्जा प्रवाहमा भएको संकुचनलाई समाधान गर्न प्रयाप्त पहल कदमी लिएको पाईदैन ।