२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

साल्ट ट्रेडिङको भ्यानले १० प्रतिशत सस्तोमा टोल टोलमा सामान बेच्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्याकाको टोल–टोलमा सुपथ मूल्यमा अत्यावश्यक खाद्य वस्तु बिक्री सुरु गरेको छ । कर्पाेरेशनले भ्यानमार्फत दाल, नुन, चिनी, गेडागुडी, मैदा, आटाजस्ता खाद्यान्ल लिएर विभिन्न टोलमा पुगेको हो । यस्तै साल्ट ट्रेडिङको कालीमाटी, सतुंगल, टेकु, बनेपा, भक्तपुरलगायतका अउटलेट पनि लकडाउनको बेलामा पनि सञ्चालन गरिएको छ ।