काठमाडौं । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौँको होटल हेभन रिसोर्टमा आयोजित अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनको परिणाम अनुसार संघको उपाध्यक्षमा जय प्रसाद भट्टराई, सचिवमा कुमार श्रेष्ठ, सह–सचिवमा नवराज भुजेल, कोषाध्यक्षमा प्रकाशसिंह धामी निर्वाचित भएका