काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी कात्तिक २६ गते आफ्नो १९औं वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको बैंकले लाभांश पारित गर्न साधारण सभा बोलाएको हाे। साधारण सभा कात्तिक २६ गते, बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।