काठमाडौं । अब सरकारी सवारी साधनको कम्प्रिहेन्सिभ निर्जीवन बीमा अनिवार्य गरिने भएको छ । असोज ६ गतेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अर्थ मन्त्रालयले सबै सरकारी सवारी साधनहरु (नयाँ खरिद र पुराना) को पूर्ण बीमा गर्न निर्देशन दिएको छ । यसअघि, सरकारी सवारी साधनको बीमा गरिएको थिएन ।