काठमाडौं । केही समयअघि अस्थायी रूपमा रोकिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अब पुनः अघि बढ्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले साउन ८ गते पठाएको पत्रमार्फत नेपाल कम्प्याक्टको पुनरावलोकन प्रक्रिया सकिएको र परियोजना निरन्तरता दिन सिफारिस गरिएको जानकारी दिएको हो ।